काठमाडौं– माण्डु हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो ।
यस आइपीओमा ९ लाख ८० हजार ५३ जनाले १ करोड ६ लाख ९५ हजार ३३० कित्ता सेयरका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८.८७ गुणा बढी आवेदन हो ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ । जसअनुसार भाग्यमानी १ लाख २० हजार ५३२ आवेदकले १०÷१० कित्ताका दरले सेयर पाउनेछन् ।
कम्पनीको सेयरमा ८ लाख ५९ हजार ५२३ आवेदकको हात खाली हुने भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar