काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको उपचारका क्रममा निधन भएको छ ।
गत पाँच दिनअघि डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगरपालिका स्रोतले जनाएको छ ।
फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि रिजालको ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर आज विहान उपचारका क्रममा निधन भएको अस्पताल श्रोतले बताएको छ ।
गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् ।
महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar