काठमाडौं– भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आउँदो ३० गतेदेखि काठमाडौं उडान शुरु गर्ने भएको छ ।
एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार हप्ताको चार दिन आइतवार, सोमवार, बुधवार र शनिवार उडान हुनेछ ।
कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौंको उडान फेरि शुरु हुने भएको कम्पनीले उल्लेख गरेको छ ।
थिम्पुमा मुख्यालय रहेको भुटान एयरलाइन्सको उडानले पारो–काठमाडौं–नयाँदिल्लीलाई दुईतर्फीरुपमा जोड्ने भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले बताए ।
नियमित उडानले दुवै देशका पर्यटकलाई थप सहज हुने र यसले पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने विश्वास लिइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar