एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ उनले रूस जाने तयारी गरेका छन् । उनी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटन रूस जाने भएका छन् ।
द न्युयोर्क टाइम्सका अनुसार उनी सेप्टेम्बर महिनाभित्र रूस जाने तयारीमा छन् ।
उनी राजधानी प्योङयाङबाट रेल चढेर प्रशान्त महासागरको किनारमा रहेको रूसी सहर भ्लादिभोस्तोक जाने तयारी भइरहेको छ ।
युक्रेनसँगको युद्ध लडिरहेका पुटिनलाई भेटेर उनले हतियार उपलब्ध गराउने विषयमा कुरा गर्ने बताइएको छ । त्यसको बदलामा रूसबाट खाद्यान्न ल्याउने डिल हुनसक्छ ।
उनको भ्रमणबारे तयारी गर्न केही दिनअघि उत्तर कोरियाली टोलीले रूसको भ्रमण गरेको थियो । उत्तर कोरियाली शासक उन बिरलै विदेश भ्रमण गर्छन् । विदेश भ्रमणमा जाँदा उनी रेलमा यात्रा गर्छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar