एजेन्सी– युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्नीकोभ बर्खास्त भएका छन् । राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले उनलाई बर्खास्त गरेका हुन ।
रुससँग युद्ध भइरहेका बेला उनी बर्खास्तमा परेका हुन । रेज्नीकोभलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको ठाउँमा युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख रुस्तम उमरोभलाई नियुक्त गरिएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति जेलेन्स्कीले रुससँग ५ सय ५० दिनभन्दा लामो समयदेखि चलिरहेको युद्धका लागि उमरोभ जस्ता व्यक्तिको नेतृत्व आवश्यक रहेको बताएका छन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar