एजेन्सी– भारतीय अन्तरिक्ष एजेन्सी इसरोले आज बिहान भारतको पहिलो सौर्य मिसन आदित्य एल–१ प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्री हरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आदित्य एल–१ प्रक्षेपण गरिएको हो ।
यो यानले सूर्यसँग सम्बन्धित अध्ययन गर्नेछ । आदित्य एल–१ सूर्यको लागि भारतको पहिलो मिसन हो । धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन् ।
यो अन्तरिक्ष यान वास्तवमा सूर्यको नजिक जानेछैन । आदित्य एल–१ जहाँ पुग्नु पर्ने छ, त्यसको दुरी पृथ्वीभन्दा १५ लाख किलोमिटर टाढा छ । पृथ्वीबाट सूर्यको दूरी १५.१ करोड किलोमिटर छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar