काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाइलासिस सेवा सुरु भएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा प्रतिष्ठानका सहकुलपति मोहन बहादुर बस्नेतद्वारा एक कार्यक्रम आयोजना गरी डायलाइसिस सेवाको शुभारम्भ गरेका छन् ।
मृगौला रोगीहरुलाई केन्द्रीत गर्दै डाइलासिस सेवा सुरु गरिएको अस्पताल निर्देशक डा. पुजन रोकायाले जानकारी दिए । डाइलासिस सेवाले कर्णालीका मृगौला रोगीहरुको लागि राहत प्रदान गर्ने अपेक्षा गरिएको निर्देशक रोकायाले बताए ।
प्रतिष्ठानले डाइलासिस सेवा प्रदान गर्न एक नर्सिङ अफिसर र दूई जना स्टाफ नर्सलाई तालिम दिएर खटाइएको छ । उनीहरुले चिकित्सकहरुको निगरानीमा सेवा दिनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar