एजेन्सी– मणिपुरको कुकी–जोमी बाहुल्य चुराचान्दपुर र मैतेई बहुल विष्णुपुर जिल्लाको सिमानामा मङ्गलवार फेरि दोहोरो फायरिङमा दुई जनाको मृत्यु भएको छ ।
यी सिमाना जिल्लाको खोइरेन्टेक क्षेत्रमा गोली हानाहान भयो, जसका कारण अरू धेरै मानिस पनि घाइते भएका छन् ।
गोलीबारीको घटना भएको दिन मङ्गलवार मणिपुर विधानसभाको एक दिने अधिवेशन बोलाइएको थियो । केही मिनेटपछि नै बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
प्रहरीका अनुसार बिहान साढे ६ बजेबाट सुरु भएको गोलीबारी राति अबेरसम्म जारी रह्यो । घटनामा ज्यान गुमाएका मध्ये एकको पहिचान जांगमिनलुन गंगटेको रूपमा गरिएको छ ।
गंगटे गाउँका सुरक्षा गार्ड थिए । हमलामा समावेश भएको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar