एजेन्सी– इथियोपियाको अम्हारामा भएको झडपमा जुलाइ महिनायता कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
छिमेकी क्षेत्र टिग्रेमा भएको विनाशकारी युद्धको अन्त्यपछि यस वर्ष उत्तरी क्षेत्रमा तनाव बढेको थियो जसमा अम्हाराका लडाकुहरू पनि सामेल भएका थिए ।
संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले संकलन गरेको जानकारी अनुसार जुलाइयता भएका झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको हो ।
गत अप्रिलमा संघीय सरकारले देशभरका क्षेत्रीय शक्तिलाई ध्वस्त पार्ने घोषणा गरेको थियो । यस घोषणाले उनीहरूको क्षेत्रलाई कमजोर पार्ने बताउँदै अम्हारा राष्ट्रवादीहरूले विरोध प्रदर्शन सुरू गरेका थिए ।
जुलाइको सुरूमा राष्ट्रिय सेना र फानो भनिने स्थानीय लडाकुहरूबीच झडप भएको थियो । जसका कारण अगस्ट ४ मा अदिस अबाबाका अधिकारीहरूले छ महिनाका लागि आपतकालीन अवस्था घोषणा गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar