एजेन्सी- इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको सजायमा आज रोक लगाएको छ ।
यो रोक तोसाखाना मामिलामा लगाइएको हो । इस्लामाबाद उच्च अदालतले इमरानलाई जमानतमा रिहा गर्न आदेश दिएको छ ।
इस्लामाबाद उच्च अदालतले सोमबार यो मुद्दामा निर्णय सुरक्षित राखेको थियो । इमरान खानलाई पाँच अगस्टमा तोसाखाना मुद्दामा दोषी ठहर गर्दै ट्रायल कोर्टले तीन वर्षको सजाय सुनाएको थियो ।
अदालतको आदेश लगत्तै इमरान खानलाई पक्राउ गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar