काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्ष पदमा रोविन शेरचनले उम्मेदवारी दिने भएका छन् ।
सन् २०२१ मा मात्रै एनआरएनएसंग जोडिएका शेरचनले आगामी निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । सुरूमै उनी केन्द्रिय सदस्य भएका भए। अव आगामी कार्यकालको लागि चुनाव हुँदैछ । आँउदो चुनावबाट संघले ६ वटा उपाध्यक्ष पाउनेछ । सोहि मध्ये शेरचनले एक उपाध्यक्षमा दावी गर्ने बताएका छन् । शेरचनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमासमेत हेरिएको छ ।
संस्थालाई लिन होईन दिनलाई जानुपर्छ भन्ने मान्यता राखेको पनि शेरचनले बताए । “म सक्षम भइसकेको छु । परेकोबेला सामाजिक कार्यमा सहयोग गर्न पनि पाएको छु । जन्मभूमि र प्रवासी नेपालीका लागि केहि गरौं भन्ने मेरो ईच्छा हो । अबको मेरो बाटो भनेको समाजसेवा मात्र हो । त्यसैले उपाध्यक्ष पद रोजेको हुँ “शेरचनले भने ।
उता शालिन र भद्र स्वभावका शेरचनलाई आफ्नो टिममा ल्याउन अध्यक्षका तीनैजना प्रत्यासी महेश श्रेष्ठ, डा.बद्री केसी र आरके शर्माले जोड गरिरहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar