धादिङ – सुर्यज्योती लाईफ ईन्स्योरेन्स कम्पनिले अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार धादिङबेसीमा आयोजित कार्यक्रममा गत आ.व.२०७९/८० मा विमा व्यावसाय गर्ने ८० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सुर्यज्योति लाईफ इन्स्योरेन्सका तालिम तथा विकास बिभाग प्रमुख श्री उत्तम प्रसाद आचार्यको विशेष उपस्थितिमा रहेको थियो ।
उक्त कार्यक्रममा ६० भन्दा बढी अभिकर्ताहरुलाई विविध सामग्री उपलब्ध गरि सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा गत आर्थिक बर्षमा ब्यक्तिगत कोडमा कार्य गर्नु हुने मध्य उत्कृष्ट ४ जना तथा टिम व्यावसाय गर्नु हुने उत्कृष्ठ ४ जना लाई ट्रफि सहित सम्मानित गरिएको थियो । कार्यक्रममा स्टार एजेन्सी म्यानेजर, बरिस्ठ एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर तथा कम्पनीको अभिकर्ताहरु को सहभागिता रहेको थियो ।
कार्यक्रमको विशेष अतिथी उत्तम प्रसाद आचार्यले कम्पनिको बर्तमान अवस्था, अभिकर्ताको पेषा र जिम्मेवारी, जिवन विमा कम्पनीहरुमा सुर्यज्योति लाईफको फरक पहिचान तथा विमितहरु लाई पस्कदै आएको पृथक तथा नबिनतम सेवा सुबिधा, अभिकर्ताले समाजमा आर्थिक सल्लाहकारको रुपमा खेलेको भुमिकाबारे उल्लेख गर्दै आफ्नो प्रस्तुति राखेका थिए ।
त्यस्तै कम्पनीको नयाँ स्किमबारे र ईन्स्योरेन्सको सटिक चिनारी प्रस्तुत गर्दै धादिङ शाखाका प्रमुख जिवन सिलवालले कार्यक्रमको सहजीकरण गरेका थिए ।
कार्यक्रममा सम्मानित भएका ब्यक्तिवहरुले धन्यवाद प्रदान गर्दै आगामी दिनमा थप कार्य गर्ने हौसला बढेको बताउदै कार्यक्रमको सफलतामा खुसी व्यक्त गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar