काठमाडौं– जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी प्रशान्त महासागरमा फालेकोबारे फिजीका नागरिकहरुले विरोध जनाएका छन् ।
शुक्रवार उनीहरुले देशको सुभास्थित सडकमा नारा लगाउँदै विरोध जुलुस निकालेका हुन् ।
फिजी गैर सरकारी संगठन कोलिशन अन ह्युमन राइट्सको नेतृत्वमा प्रदर्शनकारीहरुले समुद्र र भावी पुस्ताको रक्षा गर्न टोकियोको कदम रोक्न अन्तर्राष्ट्रिय स्तरमा कारबाही गर्नुपर्ने बताए ।
उनीहरुले यो मानिसहरुको लागि अपमान भएको बताए । प्रशान्त महासगरसँग जोडिने देशहरु साना भए पनि सबै देशका मानिस समान हुने र जापानको यो कदम डरलाग्दो रहेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar