एजेन्सी– निजी सैन्य समूह वाग्नर प्रमुख येज्गेनी प्रिगोजिन चढेको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।
दुर्घटनास्थलबाट विमानको ब्ल्याक बक्स र सबै १० जना यात्रुको शव भेटिएको रुसी अधिकारीहरुले जनाएका छन् ।
गएको बुधवार मस्कोको उत्तरपश्चिममा भएको दुर्घटनास्थलबाट १० वटा शव र उडान रेकर्डरहरू फेला पारिएको खबरमा उल्लेख छ । शवहरुको डीएनए परीक्षण गरेपछि मात्रै
परिवारलाई औपचारिक रुपमा हस्तान्त्ररण गरिनेछ ।
रूसमा विद्रोहको नेतृत्व गरेको दुई महिनापछि हवाई दुर्घटनामा ज्यान गुमाएका वाग्नर समूहका प्रमुख प्रिगोजिनबारे फैलिएको अफवाहलाई रुसले भने खण्डन गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसमा रुसको संलग्नता रहेको भनिएकासहित सबै आरोपहरुको खण्डन गरेका छन् ।
उनले थप अनुसन्धानबाट दुर्घटनाको बारेमा तथ्यहरू बाहिर ल्याउने समेत बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar