एजेन्सी– भारतको मिजोरममा आज बिहान निर्माणाधीन रेल्वे पुल भत्किँदा कम्तीमा १७ जना मजदुरको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरी अधिकारीहरूका अनुसार यो घटना मिजोरम राज्यको राजधानी आइजलबाट झन्डै २० किलोमिटर पर रहेको सैराङ क्षेत्रमा भएको हो । दुर्घटनामा घाइते भएकाहरूका पूर्ण विवरण प्राप्त भइनसकेको बताइएको छ ।
यसैबीच घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारलाई दुई लाख भारु क्षतिपूर्ति दिइने जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar