काठमाडौं– काठमाडौं महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिक सत्रका लागि अध्ययन छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने जनाएकोे छ ।
कतिपय शिक्षालयमा आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शुल्क लिएको तथा ठाउँ अभाव कारण देखाएर भर्ना लिन आनाकानी गरेको गुनासो आएको भन्दै महानगरपालिकाको शिक्षा विभागले छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले कुनै पनि शुल्क तिर्नु नपर्ने जनाएको हो ।
विभागले गएको १ गते पत्र पठाइ कक्षा ११ र १२ सञ्चालन गरिरहेका निजी विद्यालयका सञ्चालकलाई बोलाइ कुनै छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई भर्ना नलिएमा, शुल्क लिएमा वा मानसिक यातना दिएमा कारबाही गर्ने चेतावनी दिएको छ । कोही कसैले यस्तो समस्या भोगे सम्पर्क गर्न पनि विभागले आग्रह गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar