काठमाडौंः भारतले एकैपटक ४० प्रतिशत निर्यात कर लगाएपछि नेपाली बजारमा प्याज आउन छाडेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा हिजो सोमबारदेखि प्याज आउन छाडेको हो । यससँगै, विकास समितिले वेभसाइटबाट प्याजको मूल्यसूची नै हटाइदिएको छ ।
विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले हिजो सामेबारदेखि नै प्याज भित्रिन छाडेको बताए ।
कालिमाटी बजारमा सोमबार प्याजको थोक मूल्य प्रतिकिलो ६१ रुपैयाँ थियो । हिजो एकैपटक १७ रुपैयाँले बढेर प्रतिकिलो ७८ रुपैयाँ पुगेको थियो ।
यद्यपि, कालिमाटीमा हरियो प्याज भने कारोबार भइरहेको छ । विकास समितिमा आज हरियो प्याजको मूल्य प्रतिकिलो २२० रुपैयाँ कायम छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar