एजेन्सी– थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फर्केका छन् । उनी १५ वर्षको स्वनिर्वासनपछि आज बिहान स्वदेश फर्किएका हुन् ।
थाक्सिन सिंगापुरबाट निजी विमान चढेर बिहान डन मुआङ विमानस्थलमा उत्रिएको बीबीसीले जनाएको छ ।
आफ्ना पूर्वप्रधानमन्त्रीलाई घरमा स्वागत गर्दा समर्थकहरूले उत्सव मनाइरहेका छन् । उनकी बहिनी एवं पूर्व प्रधानमन्त्री यिङ्गलक सिनावात्राले टिकटकमा विमान चढ्दै गरेको एउटा भिडियो समेत पोष्ट गरेकी छन् ।
थाइल्यान्डमा सन् २००६ मा भएको सैन्य ‘कु’ बाट उनी सत्ताच्युत भएका थिए । सन् २००६ सेप्टेम्बरमा उनी संयुक्त राष्ट्र सङ्घलाई सम्बोधन गर्ने तयारीका लागि न्युयोर्कमा थिए । त्यसबेला सेनाले सत्ता कब्जा गरेको थियो ।
त्यसपछि उनी स्वनिर्वासनमा थिए । उनले लामो समय दुबईमा बिताएका थिए । यसअघि थाक्सिनले लामो समयदेखि आफू घर फर्कन चाहेको बताउँदै आएको थियो तर उनीमाथि विभिन्न आपराधिक आरोप लागेका छन् ।
स्वदेश आइपुगेका उनलाई प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना पनि छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar