काठमाडौं– सुनसरीमा धेरै भारी वर्षा मापन भएको छ । बाढी पूर्वानुमान् महाशाखाका अनुसार गत चौबिस घन्टामा चतरा स्टेशनमा धेरै भारी वर्षा मापन भएको हो ।
पछिल्लो २४ घन्टामा त्यहाँ १५४ मिलिमिटर वर्षा भएको छ । त्यहाँ पछिल्लो एक घन्टामा ७.४ मिलिमिटर वर्षा भएको छ। वर्षाका कारण सप्तकोशीमा पानीको बहाब केही बढेपनि सतर्कता तहमुनी नै छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज मध्याह्न १२ बजे सप्तकोशीको बहाव १ लाख ४८ हजार ४९८ क्यूसेक पुगेको जानकारी दिइन् ।
उनका अनुसार अहिले कोशी ब्यारेजका ५६ मध्ये १९ ढोका खोलिएका छन् । यो वर्ष सप्तकोशीको जलसतह ३५ वर्ष यताकै उच्च तहमा पुगेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar