काठमाडौं– भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेको दोस्रो दिनदेखि नै नेपालमा मूल्यवृद्धि सुरु भएको छ ।
कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार आज प्याजको थोक मूल्य किलोमै १७ रुपैयाँले बढेको हो ।
यससँगै, आज कालिमाटीमा प्याजको थोक मूल्य प्रतिकिलो ७८ रुपैयाँ पुगेको छ । हिजो कालिमाटीमा प्याजको मूल्य किलोमा ६१ रुपैयाँ थियो ।
नेपालमा आयात हुने करिब ९५ प्रतिशत प्याज भारतीय बजारबाटै आउँछ । गत आर्थिक वर्षमा ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको प्याज आयात भएको थियो ।
यस्तै, आज ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १२५ रुपैयाँ, सानो गोलभेडाको मूल्य १५५ रुपैयाँ कायम छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar