काठमाडौं– आज सेयर बजार घटेर राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ९९ अङ्कले घटेर दुई हजार ११ दशमलव १४ विन्दुमा झरेको छ ।
आज सबै समूहको सेयर घटेकोमा होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज कृषि विकास बैंकको डिबेन्चर सबैभन्दा धेरै १० प्रतिशत र अपर साङ्गे जलविद्युत् कम्पनीको सेयर नौ प्रतिशतले घटेको छ ।
समग्रमा बजार राताम्मे भएको दिन फरवार्ड लघुवित्तको सेयर साढे चार प्रतिशत र आरएसडीसी लघुवित्त तथा सानिमा लार्ज क्याप फन्डको सेयर चार प्रतिशतले बढेको छ ।
आज दुई सय ६९ वटा कम्पनीका ४४ लाख ५९ हजार कित्ता सेयर किनबेच भएका छन् । ४३ हजार तीन सय पटक भएका कारोबारमा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ६३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar