एजेन्सी– भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । उत्पादन घटेकोले आन्तरिक बजारलाई स्थिर राख्न निर्यातमा ४० प्रतिशत कर लगाएको वित्त मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा पछिल्लो हप्ता मात्रै खुद्रा बजारमा प्याजको भाउ झन्डै ६० प्रतिशतले बढेर किलोको ५० भारुसम्म पुगेको छ । यसलाई नियन्त्रण गर्न भारत सरकारले आउँदो डिसेम्बर अन्तिमसम्मका लागि निर्यातमा कर लगाएको हो ।
भारतले प्याज निर्यातमा पहिलोपल्ट कर लगाएको हो । विश्वमा सबैभन्दा धेरै प्याज निर्यात गर्ने देश भारतले गएको अप्रिल १ देखि अगस्ट ४ सम्ममा नौ लाख ७५ हजार टन प्याज निर्यात गरेको छ ।
भारतले प्याज निर्यातमा कर लगाउँदा नेपालमा पनि भाउ बढ्ने व्यवसायीहरू बताउँछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar