काठमाडौं– माण्डु हाइड्रोपावर कम्पनीले भदौ १० गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरका कूल १३ लाख ६ हजार ३ सय ६ कित्ता सेयर जारी गर्ने भएको हो ।
कूल निष्काशित मध्ये २८ हजार ८ सय ५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयर सर्वसाधारणले पाउने छन् ।
यसअघि कम्पनीले जारी पुँजीको १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत अर्थात ७२ हजार ७३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
भदौ १० गते खुल्ने आईपीओमा सर्वसाधारण लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
तोकिएको समयमा सबै सेयर बिक्री नभएमा भने भदौ २४ गतेसम्म आईपीओ बिक्री खुला राखिने कम्पनीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar