एजेन्सी– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा आज बन्दुकधारीहरूले कुकी समुदायका तीनजना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ ।
मणिपुरको राजधानी शहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो ती पुरुषहरूलाई गोली हानी हत्या गरिएको थियो ।
“गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतङ्ककारीहरूको समूह गाउँमा पसेर गाउँका गार्डहरूमाथि गोली चलाउन थाले । घटनामा गाउँका तीन जनाको मृत्यु भएको छ,“ उखरुलका एक वरिष्ठ प्रहरी अधिकारी निङ्शेम वासुमले बताएका छन् ।
मारिएका मानिसहरू स्वेच्छाले गाउँको सुरक्षा गरिरहेको बुझिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar