काठमाडौं– आज फेरि सेयर बजार परिसूचक नेप्से २० अंक माथिले घट्न पुगेको छ ।
अघिल्लो दिन ३१ अंकले घटेर २ हजार ४५ अंकको विन्दुमा झरेको नेप्से सूचक आज थप २०.३१ अंकले घट्दै २ हजार २५.१२ अंकको विन्दुमा झरेको हो ।
यस्तै आज कारोबार समेत अनपेक्षित खुम्चिँदै १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिन ३१ अंकले नेप्से घटेको बजारमा २ अर्ब माथिको कारोबार भएको थियो ।
आज नेप्से १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar