काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान किन्दा स्मार्ट क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्लोबल आइएमईको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ बाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइनेछ । यो योजनामा एक पटकको खरिदको २ सय रुपैयाँसम्म र योजना अवधिभर ५ सय रुपैयाँसम्म छुट पाइनेछ ।
यो योजना सिमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय – समयमा यस्ता योजना ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।
हाल बैंकको ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिग सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar