काठमाडौं– फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले ब्राजिलियन फरवार्ड नेइमारलाई साउदी प्रो लिग क्लब अल–हिलाललाई ९० मिलियन युरोमा बेच्ने सम्झौता गरेको छ ।
३१ वर्षीय नेइमारको अब मेडिकल र आवश्यक कागजी प्रक्रिया पूरा गर्न बाँकी रहेको बिबिसीले जनाएको छ ।
२०१७ मा विश्वकीर्तिमानी शुल्क २२२ मिलियन युरोमा पिएसजीमा आवद्ध भएका नेइमारले शनिबार लिग वानको पहिलो गुमाएका थिए ।
उनलाई नयाँ सिजनका लागि प्रशिक्षक लुइस एनरिकले आफ्नो योजनाको हिस्सा बनाएका थिएनन् । नेइमारले फ्रान्सेली क्लबबाट वार्षिक २५ मिलियन युरो कमाउने गरेका थिए ।
नेइमार सम्झौताको खबर पिएसजी र फरवार्ड केलियन एमबाप्पेबीच सकारात्मक वार्तापछि आएको हो ।
एमबाप्पे पहिलो टोलीको प्रशिक्षणमा पुनः समावेश भएको २४ घण्टापछि नेइमार साउदी जाने पक्का भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar