काठमाडौं – सेयर बजार आज सामान्य घटेको छ । सेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ विन्दुमा झरेको छ ।
आज फाइनान्स, होटल, जलविद्युत्, लगानी, बीमा, अन्य र व्यापार समूहको सेयर सामान्य ओरालो लागेको छ भने अरू समूहको सेयर सामान्य बढेको छ ।
आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्स कम्पनीको सेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर कम्पनी र अपर साङ्गे जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
आज ५४ लाख १७ हजार कित्ता सेयर दुई अर्ब नौ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्सको ११ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar