काठमाडौं – झण्डै डेढ क्विन्टल सुन तस्करीमा संलग्न देखिएका दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकताको अझै अनुसन्धान कार्य शुरू हुन सकेको छैन ।
५ वर्षअघि गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनसमेत गायव बनाउँदै छानबिन नगरेको गृह प्रशासनले नागरिकता दिने कर्मचारीका बारेमा समेत सोधपुछ नै नगरेको पाईएको छ । सर्वसाधारणले नागरिकता बनाउँदा सामान्य प्राविधिक त्रुटीमा समेत नागरिकलाई केरकार गर्ने, मुचुल्का बनाउन लगाएर दुःख दिने अनि मुद्दा समेत दर्ता गरेर थुन्ने प्रशासन ३५० वटा नागरिकताको अनुसूची नै गायव बनाउने कर्मचारीका बारेमा छानबिन नै नगरी चुप लागेर बस्दा राजनीतिक दल, गृहमन्त्री, गृह मन्त्रालयका उच्च तहका कर्मचारीको समेत मिलेमतो रहेको पुष्टी भएको भन्दै जनस्तरमा टिकाटीप्पणी सुरु भएको छ ।
गृहमन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बुझाएको अनुसूचीबिनाका नागरिकताको प्रतिवेदनका बारेमा छानबिन गर्न निर्देशन दिएसकेको बताएका छन् । जानकारी दिँदै भट्टराईले भने – ‘मैले नागरिकता महाशाखा र नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखलाई बुझ्न भनेको छु । बुझेर प्रक्रिया अघि बढाउँछु । केही दिनमा पूर्ण जानकारी आउला ।’
त्यस्तै सहसचिव एवं नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख रुद्रादेवी शर्माले पनि अनुसूची गायव भएका र नागरिकतामा झुटा विवरण राखेर नागरिकता लिएको सन्र्दभमा आवश्यक अनुसन्धान शुरू गरिएको जानकारी दिए । काभ्रेबाट कहिले गृहमा फाइल आएको रहेछ भनेर खोजबिनका लागि नागरिकता महाशाखालाई आग्रह गरिसकेको बताउँदै उनले भने – ‘नागरिकता महाशाखाले यो विषयमा बुझ्दै छ ।’
त्यस्तै महाशाखा प्रमुख शर्माका अनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेले समेत तत्कालीन समयमा अभिलेख भएर पनि अनुसूची नभएकाहरूको विवरण अझै फेला पार्न सकेको छैन ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar