एजेन्सी– आफ्ना उत्पादनमा समस्या देखिएपछि जापानी कार निर्माता टोयोटाले १ लाख ६८ हजार वटा कार फिर्ता बोलाएको छ ।
टोयोटाले प्लास्टिकबाट बनेको ‘फ्यूल ट्यांक’ मा समस्या देखिएपछि एकैपटक ठूलो मात्रामा अमेरिकाबाट कार फिर्ता बोलाएको हो ।
समाचार संस्था सीएनएनका अनुसार टोयोटाले सन् २०२२ र २०२३ को मोडल मुन्द्रा फिर्ता बोलाएको छ । खासमा प्लास्टिकबाट बनाइएको फ्यूल ट्यांकमा लिक देखिएपछि मर्मतका लागि कम्पनीले फिर्ता बोलाइएको जनाइएको छ ।
लिकको समस्या भएको ट्युब कम्पनीले निःशूल्क परिवर्तन गर्नेछ । फ्यूल ट्यांकमा देखिएको समस्याले सवारीमा आगलागीको जोखिम हुने भएकाले मर्मतका लागि फिर्ता बोलाइएको कम्पनीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar