काठमाडौं– काठमाडौंको बागमती नदीमा आएको भीषण बाढीका कारण तटीय क्षेत्रमा दिउँसोसम्म खतरा रहने भएको छ ।
ललितपुरस्थित खोकना बाढी मापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले बाढी बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा रहनेले आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएका कारण विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको महाशाखाको भनाइ छ ।
बाढीका कारण बागमती किनारका बस्ती र कोरिडोर सडकहरू प्रभावित बनेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar