काठमाडौं – चर्चित् गायिका सुस्मा रुपाखेती सहितको स्वर रहेको तीज गीत “भेट भाको बेलैमा” बजारमा आएको छ ।
हिन्दु नारिहरुको महान चाड तीज नजिकीदै गर्दा गायिका सुस्मा रुपाखेतीले उक्त तिजको गित भूमिका शाहको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएकी हुन् । उक्त गितमा सुस्मासहित भूमिका शाह र मन्जरी गुरुङको स्वर रहेको छ ।
त्यस्तै उक्त गीतमा भने रमेश परियारको लय सब्द रहेको छ भने गीतलाई सुनिल परियारले म्युजिक एरेन्ज गरेका छन् । स्टुडियो वन डीबी एच डिमा रेकर्ड भएको उक्त गीतलाई बिमल र बिनोदले रेकडिङ्ग र एच बिएन किस्मतले मक्सिङ्ग गरेका छन् । स्मृति तिमल्सिना “गुरु आमाको” निर्देसन,करण चैसिरको क्यामरा बाट तयार भएको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् भने सरिता मगरको मेकअप रहेको छ ।
भिडियोमा संचिता बोलाखे,अस्मिता रनपाल र समिक्षा घतानेको दमदार नृत्य रहेको गायिका रुपाखेतीले जानकारी दिईन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar