एजेन्सी– दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्किएको छ ।
उडान भर्नु ठिक अघि विमानबाट भालु निस्किएपछि विमानस्थलमा खैलाबैला मच्चिएको छ । यसै कारण विमानले उडान भर्न एक घण्टा ढिलो ग¥यो । उडान भर्न समय लागेपछि विमानका क्याप्टेनले यात्रीसँग माफी मागेका छन् । घटना शुक्रवारको हो ।
इराकका प्रधानमन्त्रीले घटनाको छानविन गर्न आदेश दिएका छन् । यस्तै, इराकको एयरलाइन्सले यसमा आफ्नो केही गल्ती नभएको बताएको छ । आफूहरूले भालुलाई बेहोस बनाउन दुबईका अधिकारीलाई पूरा सहयोग गरेको बताए ।
यसो गर्दा पनि भालु विमानको कार्गोबाट कसरी निस्कियो भन्नेबारे आफूलाई थाहा नभएको इराकको एयरलाइन्सले बताएको छ ।
इराक एयरवेजका अनुसार भालुलाई दुबईबाट बग दाद लैजान लागिएको थियो । भालुलाई ट्रान्सपोर्ट गर्नका लागि इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनका सबै मापदण्ड पालना गरेको एयरलाइनले बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar