एजेन्सी– भारतको लोकसभाले राहुल गान्धीलाई सांसदमा बहाल गरेको छ ।
गत शुक्रबार भारतको सर्वोच्च अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई दोषी ठहर गर्ने सुरत अदालतको फैसला बदर गरेपछि सांसद बहाल रहन बाटो खुलेको थियो ।
सुरत अदालतको आदेशले गान्धीलाई सांसदबाट हटाएको भारतको लोक सभाले सोमबार बिहान सांसद पद कायम रहेको सूचना निकालेको हो ।
राहुल केरलको वायनाड क्षेत्रबाट लोकसभा सदस्य छन् । राहुलले सन् २०१९ मा मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर विजेपीका सांसदले सुरतको अदालतमा मुद्दा दर्ता गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar