एजेन्सी– भारतको मणिपुरमा तीन महिनाअघि सुरु भएको हिंसा अझै जारी छ ।
पछिल्लो २ दिनमा ६ जनाको मृत्यु भएको छ । हिंसा नियन्त्रणका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ । जसमा प्रत्येक हरेक ७५ व्यक्तिका लागि एक सुरक्षाकर्मी खटाईएको छ । यद्दपी जति सुरक्षाकर्मी परिचालन गरिएतापनि हिंसा नियन्त्रणमा आएको छैन ।
पछिल्लो समय क्वाता इलाकामा मैतेई समुदायका तीन व्यक्तिको निर्मम तरिकाले हत्या गरिएको छ । हिंसा गर्नेहरुले बन्दुक र मोर्टारले एक अर्कामाथि प्रहार गर्दा ६ जनाको मृत्यु भएको हो ।
यसअघि गत १९ जुलाईमा मणिपुरका २ महिलामाथि यौन दुव्यर्वहार गरेको भयावह भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अन्तर्राष्ट्रिय समुदायले त्यहाँको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए ।
भारतीय सञ्चार माध्यमका अनुसार यही वर्षको मे महिनाको सुरुवातमा भड्किएको हिंसामा अहिलेसम्म १ सय ६० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । ५० हजारभन्दा धेरै मानिस विस्थापित हुँदा कैयौंको संख्यामा स्थानीयको घर जलाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar