काठमाडौं – ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा चारजना पूर्वमन्त्रीहरु बीरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
काठमाडौँ जिल्ला अदालतले आइतबार पूर्व मन्त्रीहरू विजयकुमार गच्छदार, डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।
गच्छदार २०६७ मा भौतिक योजना तथा निर्माण मन्त्री थिए । २०६७ असारमा भौतिक मन्त्रालयमा शाखा अधिकृत हुँदा हाल सञ्चार मन्त्रालयका सचिव कृष्ण राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए ।
राउतले उठाएको टिप्पणीलाई तत्कालीन सह–सचिव मलेगोले ‘राय सहित’ भौतिक मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातकहाँ पेस गरेका हुन् । बन्स्यातले ‘राय’ सहितको प्रस्ताव सदर गरेर मन्त्री विजय गच्छदारकहाँ पेस गरेका थिए ।
त्यस्तै सो प्रस्ताव राज्यमन्त्री सञ्जय शाह र उप प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषदमा लगेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar