काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक १.८३ प्रतिशतको गिरावटपछि २०५१ अंकमा आएर रोकिएको हो ।
आज परिसूचक उच्च अंकले घट्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १८ कम्पनीको सेयर मूल्य बढेको छ । २ कम्पनीको मूल्य स्थिर छ । यसक्रममा आज २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको ८० लाख कित्ता सेयर किनबेच भएको छ ।
परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज आईएमई लाइफको सेयर मूल्य ९.९९ प्रतिशत र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar