काठमाडौं– नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा चार प्रतिशत नागरिकमात्र जीवन बीमा कार्यक्रमको पहुँचमा रहेको पाइएको हो ।
नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार कर्णालीको कुल जनसङ्ख्याको चार प्रतिशत नागरिक जीवन बीमाको पहुँचमा छन् ।
बीमा प्रिमियम (शुल्क) सङ्कलनको अवस्थाका आधारमा कर्णालीमा जीवन बीमा गर्ने नागरिकको सङ्ख्या न्यून रहेको प्राधिकरण प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारीले जानकाकरी दिए ।
बीमा मानव जीवनको सङ्कटको नजिकको सारथी हो भन्ने बुझाउन नसकेसम्म नागरिकले बीमा नगर्ने उनले बताए ।
उनका अनुसार कर्णालीमा सक्रिय जीवन बीमालेखको सङ्ख्या दुई लाख १७ हजार छ सय ५० रहेको छ ।
कर्णालीका १० जिल्लामा जीवन बीमकको शाखा र उपशाखासहित एक सय १० र पुस मसान्तसम्मको कर्णालीमा निर्जीवन बीमकको सङ्ख्या शाखा र उपशाखासहित ४५ कार्यालय स्थापना गरिएको उनले बताए । सोडारीका अनुसार निर्जीवन बीमा गर्नेहरूको सङ्ख्या पनि कर्णालीमा न्यून छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar