एजेन्सी– नब्बे हजारभन्दा बढी श्रीलङ्काली खडेरीको चपेटामा परेका देशको विपद् व्यवस्थापन केन्द्रले बताएको छ ।
पूर्वी, उत्तरपश्चिमी र उत्तरी प्रान्तका साथै सम्बारगमुवा प्रान्त खडेरी परेको केन्द्रले आज बताएको हो ।
सत्ताइस हजार आठ सय ८५ परिवारका ९० हजारभन्दा बढी सदस्य खडेरीबाट पीडित भएका छन् । एक्काइस हजार परिवारका करिब ७० हजार सदस्य उत्तरी प्रान्त जाफ्नामा प्रभावित भएका केन्द्रले जनाएको छ ।
वर्षा याममा पानी नपर्दा तथा मौसमी वर्षा पनि नहुँदा धेरै श्रीलङ्काली खडेरीको चपेटामा परेका हुन् । खडेरीका कारण कृषि उत्पादन नहुँदा देशले खाद्य सङ्कट झेल्दै आएको छ ।
गत वर्ष विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले ३० लाख सर्वसाधारणलाई खाद्यान्न वितरण गरेको थियो । यो वर्ष करिब ४० लाख श्रीलङ्कालीलाई यस्तो सहायता आवश्यक पर्ने अनुमान डब्ल्युएफपीले गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar