पोखरा – विगतदेखी नै विवादित प्राईम कमर्सियल बैंकले कर्जावाहक ग्राहकको पाँच करोड रकम गोलमाल गरिदिएको घटना बाहिरिएको छ । बैंकले पाँच करोड रकम गोलमाल गरिदिएको भन्दै कर्जावाहक ग्राहकले प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयमा बैंकबीरुद्ध उजुरी दिएपछी उक्त घटना बाहिरिएको हो । उजुरीमा कास्कीको पोखरा स्थित् औद्योगिक क्षेत्रमा रहेको ‘पन्थी डेरी प्रालि’को पाँच करोड रूपैयाँ प्राइम कमर्सियल बैंकले खाइदिएको उल्लेख गरिएको छ ।
डेरी उद्योगका प्रवन्ध निर्देशक रेशमराज पन्थीका अनुसार प्राइम कमर्सियल बैंकसँग प्राप्ति प्रक्रियाबाट गाभिएको तत्कालीन कैलास विकास बैंकसँग पन्थी स्वयम्ले आफ्नो नाममा सञ्चालनमा रहेका दुईवटा फरक – फरक कम्पनीको नाममा सात करोड रूपैयाँ चालू पुँजी शीर्षकमा कर्जा स्वीकृत गराएका थिए । स्वीकृत कर्जामध्ये पन्थी इन्डस्ट्रिज प्रालिको दुई करोड रूपैयाँ र पन्थी डेरी प्रालिको पाँच करोड रूपैयाँ थियो । त्यस्तै तत्कालीन कैलाश विकास बैंकबाट कर्जा स्वीकृत हुनुअघि पन्थीको स्टान्डर्ड चार्टर्ड बैंकमा एक करोड ७५ लाख रूपैयाँ कर्जा थियो र पछि त्यो कर्जा कैलाश विकास बैंकको नाममा स्वाप गरिएको थियो ।
त्यसपछि बाँकी रहेको तीन करोड २५ लाख रूपैयाँमध्ये अमेरिकी डलर ६० हजारको एलसी (प्रतित पत्र) खोलियो । ‘एलसी खोलेपछि बाँकी रहेको सबै पैसा तत्कालीन कैलाश विकास बैंकले खाइदियो’, पन्थी डेरीका प्रबन्ध निर्देशक रेशमराजले बताए ।
कैलाश विकास बैंकको सिईओको सेटिङमा घोटाला
डेरीका प्रबन्ध निर्देशक रेशमराज पन्थीका अनुसार त्यतिखेर कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ थिए । ‘प्रमुख कार्यकारी श्रेष्ठ स्वयम्को निर्देशनमा मबाट ऋण स्वीकृत गर्ने बेलामा नै खाली चेकमा हस्ताक्षर गराई चेक खिचेर लिइएको थियो । चेक खिचेर लिएकै आधारमा चालू पुँजी शीर्षकको एक करोड ५० लाख रूपैयाँ प्रमुख कार्यकारी श्रेष्ठकै सेटिङमा बैंकमा कर्मचारीले मिलेर खाइदिए । बाँकी रहेको पैसाबाट बैंकले ब्याज तान्दै गयो । पछि सोही विषयमा विवाद भएपछि एक करोड ५४ लाख रूपैयाँ बैंकले कागजीरूपमा मात्र फिर्ता गरायो । उक्त कागजमा रकम बुझीलिएँ भनेर मलाई हस्ताक्षर गर्न लगाए’, पन्थीले भने ।
‘यसरी कागज गराएपछि त्यो रकम पनि बैंकले ब्याजमा असुल ग¥यो । तीन वर्षमा चार पटक गरेर बैंकले पन्थी डेरीको नाममा कर्जा प्रवाह गर्दा हिनामिना भएको भन्दै एक करोड ५४ लाख रूपैयाँ फिर्ता ग¥यो । तर, पछि त्यो फिर्ता गरेको रकम पनि बैंकले त्यही हिनामिना भएको पैसाको ब्याजबापत भनेर असुल्यो । बैंकले कर्जा प्रवाह गर्दा रकम हिनामिना भएको स्वीकार्दै त्यस्तो रकममा ब्याज नलिने भनेको थियो, तर लियो, त्यो पत्र अझै मसँग सुरक्षित छ ।’पन्थीले भने ।
त्यस्तै बैंकले छिटै दिन्छु भनेको पैसा दिन पनि तीन वर्ष लगाएको पन्थीको आरोप छ ।
पन्थीको उजुरी लगत्तै अर्थमन्त्रालयद्धारा राष्ट्रबैंकलाई पत्राचार
डेरीका प्रबन्ध निर्देशक रेशमराज पन्थीले आफ्नोे पाँच करोड रकम प्राईम कमर्सियल बैंकले गोलमाल गरिदिएको भन्दै प्रधानमन्त्री चता मन्त्रिपरिषद्को कार्यालयमा बैंकबीरुद्ध उजुरी दिएलगत्तै प्रधानमन्त्री कार्यालयले उक्त घटनाप्रति चासो देखाएको छ । कार्यालयले उक्त घटनामा छानविन गरी सत्यतथ्य पत्ता लगाई बैंकलाई कार्वाही गर्न भन्दै अर्थ मन्त्रालयमा पत्राचारसमेत गरेको छ ।
प्रधानमन्त्री कार्यालयको पत्राचारलगत्तै अर्थमन्त्रालयले पनि उक्त घटनाबारे जाँचबुझ गरी सत्यतथ्य पत्ता लगाउन र दोषी देखिय यथासिघ्र कारवाही गर्न नेपाल राष्ट्र बैंकसमक्ष पत्राचार गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar