काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य शालिकराम जम्कट्टेलले अहिले नेतृत्वको आलोचना गर्ने समय नभएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले आ आफ्नो धारणा राख्ने क्रममा बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका जम्कट्टेलले अहिले नेतृत्वको आलोचना गर्ने बेला नभएको बताएका हुन् । ‘सरकारले यति ठुलो हिम्मत गरिरहेको छ । अघिल्ला सहकारको नेतृत्वमा भए गरेका विभिन्न खाले भ्रष्टाचार, अनियमितताहरु सवै बाहिर ल्याईरहेको छ । यो बेला सरकारलाई साथ दिने हो । सरकारलाई साथ दिने भनेको सरकारको नेतृत्व गर्ने दल त्यसको प्रधानमन्त्रीलाई सहयोग गर्ने हो । अहिले नेतृत्व र प्रचण्डको आलोचना गर्ने बेला होइन, नेतृत्व र पार्टी बलियो बनाउने बेला हो ।’ जम्कट्टेलले भने ।
साथै उनले शान्ति प्रक्रियाको काम छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएको एक नेताले बताए । बैठकमा आफ्नो पार्टीको मात्र नभई प्रतिस्पर्धी पार्टीहरूको विषयमा पनि समीक्षा हुनुपर्नेमा उनले जोड दिएका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar