काठमाडौं–कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छोरी जन्माउने आमालाई २ हजार प्रोत्साहन भत्ता वितरण गर्ने भएको छ ।
चालु आर्थिक वर्षदेखि लागु हुने गरी नगरपालिकाले ‘बालिका प्रोत्साहन’ कार्यक्रम अन्तर्गत भत्ता वितरण गरिने नगर उपप्रमुख द्रोपती रानाले बताइन् ।
उनका अनुसार नगरपालिकाभित्र अहिले पनि सानै उमेरमा विवाह गर्ने र त्यसैमाथि छोराको आशमा पटक–पटक गर्भपतन गर्दा महिलाको स्वास्थ्यमा गम्भीर असर परेको छ ।
बालिका प्रोत्साहन कार्यक्रमले बालविवाह पनि कम हुने नगरपालिकाले अपेक्षा राखेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar