एजेन्सी– भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएको छ ।
मोदी थर प्रकरणमा गान्धीलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको दुई वर्ष कैदको सजाय सर्वोच्च अदालतले रोकेको बीबीसी हिन्दीले जनाएको छ ।
यसअघि भारतको गुजरात उच्च अदालतले गान्धीको पुनरावेदन खारेज गरेपछि गान्धी सर्वोच्च अदालत गएका थिए ।
सर्वोच्च अदालतले सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ ।
सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणविना नै दुई वर्षको सजाय सुनाइएको भन्दै सर्वोच्चले सजायमा रोक लगाएको बीबीसी हिन्दीले जनाएको छ ।
सन् २०१९ को चुनावी सभामा सबै चोरको थर मोदी नै किन हुन्छ ? भन्दै गरेको भाषणका कारण गान्धीमाथि मुद्दा परेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar