बेइजिङ – चीनको साइबरस्पेस नियामकले १८ वर्षभन्दा कम उमेरका बालबालिकाको फोन प्रयोगमा नियन्त्रण गर्न सुझाव दिएपछि त्यहाँका प्रविधिसम्बन्धी कम्पनीहरूको सेयरको मूल्यमा गिरावट देखिएको छ ।
बुधबारदेखि अलिबाबा र भिडियो सेयरिङ साइट बिलिबिलीजस्ता कम्पनीको सेयरको मूल्यमा गिरावट देखिएको थियो । बिहीबार बिहान पनि गिरावट जारी रह्यो ।प्रस्तावित कानुनमा बालबालिकाहरूलाई दैनिक दुई घण्टा मात्र मोबाइल फोन चलाउन दिने भनिएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्रमा चार वर्षअघि बालबालिकालाई मोबाइलमा गेम खेल्न नियन्त्रण गरिएको थियो ।
साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना (सीएसी) द्वारा प्रस्तावित कानुनमा बालबालिकाहरूलाई राति १० बजेदेखि बिहान ६ बजेसम्म इन्टरनेटको पहुँचमा प्रतिबन्ध गर्ने भनिएको छ ।प्रस्तावमा मोबाइल फोन निर्माता कम्पनी तथा एप निर्माण गर्ने कम्पनीलाई ‘माइनर मोड’ फङ्सन विकास गर्न भनिएको छ जसले उमेर अनुसार बालबालिकाको मोबाइल प्रयोगलाई सीमित गर्नेछ । १६ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई दैनिक २ घण्टा मोबाइल चलाउन दिइनेछ भने ८ वर्षभन्दा कम उमेरका लागि दैनिक आठ मिनेट मात्र मोबाइल चलाउन दिइनेछ । प्रस्तावमा हाल प्रतिक्रियाहरू माग गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar