एजेन्सी– इस्लामबाद हाईकोर्टले तोसाखाना मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानले दायर गरेको याचिकामा आज आफ्नो फैसला सुनाउँदै छ ।
पीटीआई प्रमुख खानले तोसाखाना मुद्दामा आफूलाई बचाउनको लागि अतिरिक्त जिल्ला तथा सत्र अदालतको आदेशलाई चुनौती दिएका छन् । उच्च अदालतले बिहीबार यस विषयमा इमरान खानले दायर गरेको याचिकामा आफ्नो निर्णय सुरक्षित राखेको छ ।
डन अखबारका अनुसार पाकिस्तानको निर्वाचन आयोगले खानलाई गलत बयान र गलत घोषणा गरेको भन्दै अयोग्य ठहर गरिसकेको छ । खानविरुद्ध गत १० मेमा यो अभियोग लगाइएको थियो ।
पाकिस्तानको कानुन अनुसार विदेशी राज्यका गणमान्य व्यक्तिहरूबाट प्राप्त कुनै पनि उपहार राज्य डिपोजिटरी अर्थात् तोशाखानामा राख्नुपर्छ । यदि राष्ट्र प्रमुखले उपहार राख्न चाहन्छ भने उसले यसको मूल्य बराबर रकम तिर्नु पर्ने हुन्छ । यो लिलामी प्रक्रिया मार्फत निर्णय गरिन्छ । यी उपहारहरू कि त तोसाखानामा जम्मा हुन्छन् वा लिलामी गर्न सकिन्छ र यसबाट कमाएको पैसा राष्ट्रिय कोषमा जम्मा हुन्छ ।
सन् २०१८ मा सत्तामा आएका इमरान खानले आधिकारिक भ्रमणका क्रममा करिब १४ करोड रुपैयाँ बराबरका ५८ वटा समान उपहार पाएका थिए । यी महँगो उपहारहरू तोसाखानामा जम्मा गरिएका थिए तर पछि इमरान खानले सस्तो मूल्यमा तोसाखानाबाट किनेर बजारमा महँगो मूल्यमा बेचेका थिए । उनले यो सम्पूर्ण प्रक्रियाका लागि सरकारी कानुनमा समेत पनि परिवर्तन गरेका थिए ।
मिडिया रिपोर्टका अनुसार इमरानले ती उपहारहरू तोसाखानाबाट २.१५ करोडमा किनेका थिए तर बिक्री गरेर ५.८ करोड रुपैयाँ नाफा कमाउन सफल भए । जुन उपहारमा एउटा ग्राफ घडी, एक जोडी कफलिङ्क, एउटा महँगो कलम, एउटा औँठी र चार वटा रोलेक्स घडीहरूलगायत रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar