काठमाडौं – १८ वर्ष अगाडि बिहे गरेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच डिभोर्स (छोडपत्र) भएको छ ।
प्रधानमन्त्री ट्रुडोले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् आफूहरु अलग हुन लागेको जानकारी दिएका हुन् । ‘म र सोफी तपाईंलाई यो कुरा भन्न चाहान्छौं कि धेरै अर्थपूर्ण र कठिन छलफलपछि हामीले अलग हुने निर्णय गरेका छौं,’ उनले लेखेका छन्, ‘एकअर्कालाई सम्मान, मायाका साथ सधैंझैं परिवारसरह रहने छौं ।’
क्यानडाको प्रधानमन्त्री कार्यालयका अनुसार उनीहरुले छोडपत्रमा हस्ताक्षर गरिसकेका छन् । यद्यपि दुवै सार्वजनिक कार्यक्रमहरुमा देखिने छन् । विगतमा भने उनीहरु सँगै सार्वजनिक कार्यक्रममा कम देखिएका थिए ।
ट्रुडो र सोफीका तीन सन्तान छन् । ट्रुडोले आफूहरुको र बच्चाहरुको गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोधसमेत गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar