• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ३२, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

फिदिममा पत्रकारितामा एआईको प्रयोगबारे तालिम सुरू

१ दिन अघि
२

उडान भरेको केही समयमै एयर इन्डियाको विमान बमको धम्कीपछि आपत्कालीन अवतरण

१ दिन अघि
३

सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट

१ दिन अघि
४

प्रधानमन्त्री मोदी अहमदाबाद दुर्घटना स्थलमा, घाइतेसँग गरे भेटघाट

१ दिन अघि
५

सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँले बढ्यो : आज कतिमा कारोवार

१ दिन अघि
६

इजरायलद्वारा इरानमा हवाई आक्रमण, आपत्कालको घोषणा

१ दिन अघि
७

मलेखु–मुग्लिन सडकखण्ड असार ७ सम्म राति बन्द हुने

१ दिन अघि
८

बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन

१ दिन अघि
९

अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायता सामग्री वितरण कार्यक्रम सम्पन्न

२ दिन अघि
१०

भारतमा एयर इन्डियाको विमान दुर्घटनाप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

२ दिन अघि
११

नेप्से ९.०८ अंकले घट्दा कारोबार १२ अर्ब नाघ्यो

२ दिन अघि
१२

भारतको अहमदाबाद विमानस्थल नजिकै २४२ यात्रु सवार विमान दुर्घटना

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ५ दिन अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ५ दिन अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • rajendra sir photo ५

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ४ हफ्ता अघि
  • deuba and janardan ६

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ४ हफ्ता अघि
  • gs moters ७

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    २ हफ्ता अघि
  • United Cement ८

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ४ हफ्ता अघि
  • prev
    next

    सुन काण्डमा भन्सार एजेन्ट र कर्मचारीसँग पूर्वसभामुख महरा बाबुछोराको नियमित सम्पर्क

    न्युज डेस्कप्रकाशित मिति: २०८० श्रावण १८, बिहिबार (१ साल अघि)
  • ९९६ पाठक संख्या
  • महरा बाबुछोरा किन अहिलेसम्म अनुसन्धानमा तानिएनन् ?

    vape with gold mahara dad son

    काठमाडौं – ‘इलेक्ट्रिक सिगरेट’ (भेप) मार्फत् नाटकीयरूपमा तस्करी भएको सुन काण्डमा पूर्वसभामुख तथा नेकपा (माअ‍ेवादी केन्द्र)का उपाध्यक्ष कृष्णबादुर महरा र उनका छोरा राहुल महराको पनि नाम जोडिएको छ । उक्त सुन काण्डमा भन्सार एजेन्ट र कर्मचारीसँग पूर्वसभामुख महरा बाबुछोराको नियमित सम्पर्क भएको देखिएको छ । यद्धपी उनीहरूविरुद्ध भने मुद्दा चलाइएको छैन । श्रोतका अनुसार उनिहरुमाथी प्रमाण नपुगेको भन्दै मुद्दा नचलाइएको खुलेको छ ।

    यस्तो छ घटनाको नालीबेली

    गत पुस १० गते दुबईबाट आएको ‘इलेक्ट्रिक सिगरेट’ (भेप) एक महिना १९ दिनसम्म त्रिभुवन विमानस्थलको आगमन कक्षमा रोकेर राखिएको थियो । उक्त भेपलाई २९ माघमा विमानस्थलको भन्सार कार्यालयले जफत गरी स्टोरको १११ नम्बर कोठामा थन्क्याएर राखेको थियो । त्यस पछि नै तस्करले सुरक्षित रूपमाुसुन भित्र्याउन थालेको अनुसन्धानमा देखीएको छ ।

    उता भेपको लिलामीका विषयमा भन्सार कार्यालयले पनि छलफल गरेको थियो । तर, स्वास्थ्यमा प्रतिकूल असर गर्ने वस्तु बिक्री गर्न नहुने निष्कर्ष निकाली नष्ट गर्ने योजना बनाइएको थियो । त्यस्तै उक्त भेप हेर्ने जिम्मेवारी भन्सार कार्यालयमा कार्यरत् नायब सुब्बा रेवन्त खड्कालाई तोकियो ।

    नासु खड्काको मिलमतोमा भन्सार एजेन्टमार्फत् सुन गायब

    भेपलाई लिलामी नगरी नष्ट गर्ने योजना बनाई भेप हेर्ने जिम्मेवारी पाएका तिनै नासु खड्कासँग मिलेर भन्सार एजेन्ट दिनेश बस्नेतले सुन गायब पारेपछी घटनाले नयाँ रुप लिएको थियो । त्यतिबेला त्यहाँ अर्कै भेप बट्टामा भरेर राखिएको अनुसन्धानले देखाएको छ । दुबईबाट आएको उक्त ७३ कार्टुन भेपमा प्रतिप्याकेट १० वटाका दरले ७३० वटा भेप बण्डल मिलाई राखिएका थिए । तर तिनै नासु खड्कासँग मिलेर भन्सार एजेन्ट बस्नेतले त्यतिकै संख्यामा भन्सारको कोठामा अर्को भेप थन्क्याएर सुन गायब पारेपछि भन्सारले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई नै गुहारेको थियो । त्यसपछि सीआईबीको अनुसन्धानले ९ जना तस्करीमा संलग्न भएको निष्कर्ष निकालेको थियो । उक्त प्रकरणमा जोडिएका ६ जना पक्राउ परे बाँकी तीनजना भने अझै फरार रहेको सिआईबीका एक अधिकृतले बताएको छ ।

    भन्सार कार्यालयका नासु खड्का र भन्सार एजेट बस्नेतको मिलेमतोमा इलेक्ट्रिक सिगरेटका ठाउँमा अर्कै सामान लगेर राख्दै सुन भएको इलेक्ट्रिक भेप गायब पारिएपछि भन्सार विभागमा खैलाबैला मच्चिएको थियो । भन्सार विभागका प्रमुख भन्सार प्रशासक अरूणकुमार पोखरेलले भन्सार एजेन्ट बस्नेतलाई गायब भएको सामान जस्ताकोतस्तै फर्काउन भनेको सरकारी वकिलको प्रतिवेदनमा उल्लेख छ । तर भन्सार एजेन्ट बस्नेतले भने सामान बजारमा बिक्री भैसकेको बयान दिएका छन् । त्यस्तै उनले अव सामान फिर्ता गर्न सम्भव नभएको समेत बताएका छन् । त्यसपछि पोखरेलले सीआईबीमा जाहेरी दिएको देखिएको छ ।

    पोखरेलको जाहेरीसंगै सीआईबीले नासु खड्का, भन्सार एजेन्ट बस्नेत, वेदप्रकाश अग्रवाल, साहेवराव पाण्डुरङ मगर, अमृत कार्की, निर्मलकुमार बिक, दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा लगायत तस्करीमा संलग्न भएको निस्कर्ष निकालेको थियो । त्यसपछि सिआईबीले पनि अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुँझाएको थियो । यस घटनामा दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा भने अहिलेसम्म फरार छन् ।

    महरा बाबुछोराको नासु  र  भन्सार एजेन्टसँग बारम्बार फोन सम्पर्क 

    उक्त सुन काण्डमा भन्सार एजेन्ट दिनेश बस्नेत र भन्सारका कर्मचारीसँग पूर्वसभामुख कृष्णबहादुर महरा बाबुछोराको नियमित सम्पर्क भएको देखिएको छ । पूर्वसभामुख महराबाबुछोरा भन्सारका सुब्बा खड्कासँग पनि बारम्बार फोन सम्पर्कमा रहेको देखिएको छ ।

    अर्थ, गृह, सञ्चारसहितका मन्त्रालयको नेतृत्व गरिसकेका महराले भन्सारका नासुसँग पटकपटक त्यही समयमा सम्पर्क गर्नुले गम्भीर प्रश्न खडा गरेको छ । उनीहरूसँगै सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक र उनका नेपाली चालकको पनि नियमित सम्पर्क भएको देखिएको छ । तर, बारम्बार फोन सम्पर्कबारे सीआईबीको अनुसन्धानमा खुल्न नसकेकाले हो वा राजनीतिक प्रभावमा महरा बाबुछोरालाई जोगाइएको हो भन्नेमा जिल्ला सरकारी वकिल कार्यालय भने यकिन हुन सकेको छैन ।

    उता भेप मार्फत् सुन तस्करीमा सम्लग्नहरु भनी बयानमा आएका कसैले पनि महरा र राहुल महरा बाबुछोराको नाम नलिएको देखिएको छ । यद्धपी सोहि समयमा शंकास्पद व्यक्तिहरुसंग उनिहरुको नियमित सम्पर्क भैरहनुले भने शंका गर्ने आधार टन्नै छ । उता भन्सार कार्यालय, घटनाको अनुसन्धानरत् सिआईबीले भने फोन अरू नै प्रयोजनबाट हुँदा शंका हुने समयमा परेको पनि हुन सक्ने भन्दै अनुसन्धानको दायरा अघी नबढाएको जस्तो देखिन्छ ।

    जिल्ला सरकारी वकिल कार्यालयले भने उनिहरुमाथी पनि अनुसन्धान आवश्यक रहेको बताएको छ । “तर, बाबु छोराकै त्यही समयमा कसरी बारम्बार फोनमा कुराकानी भयो, उनीहरू लामोसयमदेखि सम्पर्कमा रहने व्यक्ति हुन् वा होइनन् । उनीहरूको व्यक्तिगत घनिष्टता हो वा यस्तै कारोबारको सम्बन्ध हो भन्ने जस्तो विषयहरू भने अनुसन्धान आवश्यक ठानिनुपर्ने हो ।” सरकारी वकिल कार्यालयका एक अधिकृतले भने । ती अधिकारीका अनुसार सीआईबीले अनुसन्धानबाट पुष्टि हुन सकेमा पछि पनि मुद्दा चलाउने भनेर प्रतिवेदन बुझाएको छ ।

    “हामीले अभियोजनका क्रममा पनि मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३५ अनुसार मुद्दा कायम रहँदै पूरक अभियोजन गर्न सकिने भनेर लगेका छौँ,” ती अधिकारीले भने । उनका अन’सार मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३५ मा “कुनै मुद्दा अदालतमा दायर भइसकेपछि त्यस्तो मुद्दामा अन्य सम्बद्ध थप प्रमाणहरूबाट मुद्दा दायर भइसकेका अभियुक्तबाहेक अन्य अभियुक्तहरू उपरसमेत दाबी लिन पर्ने भएमा वा मुद्दा दायर भई अभियुक्त कायम भई सकेका व्यक्तिउपर थप अभियोग लगाउनुपर्ने देखिएमा त्यसको कारण खुलाई थप अनुसन्धान गर्न लगाई अन्य थप अभियुक्तको हकमा समेत थप दावी लिई सरकारी वकिलले मुद्दा दायर गर्न सक्ने छ,” भनिएको छ । यो दफाले महरामाथि छानबिन गर्न राज्य तयार भए अझै पनि मुद्दा चलाउन सकिने बाटो खोलिदिएको छ ।

    तर, प्रमाण जुटाउने अुनसन्धान अधिकारी प्रहरीले प्रमाण नल्याउँदासम्म अभियोजनकर्ता सरकारी वकिल कार्यालयका अधिकारीले मुद्दा चलाउन सक्दैनन् ।

    महरा बाबुछोरा किन अहिलेसम्म अनुसन्धानमा तानिएनन् ?

    फोन सम्पर्कमा बारम्बार देखिएका महरा बाबुछोरा अहिलेसम्म अनुसन्धानमा तानिएका छैनन् । हिरासतमा रहेका भन्सार एजेन्ट दिनेश बस्नेतले उक्त भेपमा ९ किलो सुन रहेको भनी साविती बयान दिएका छन् । त्यसकै आधारमा प्रहरीले ९ किलो नै सुन तस्करी भएको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । यद्धपी अनुसन्धानमा ९ किलो सुन भनिएकाले त्यसैलाई आधार मानेको र त्यसैअनुरूप बिगो र जरिबाना मागदाबी गरिएको बताईएको छ । “तर, सुन कति परिमाणको थियो र कहाँ कहाँ गयो भन्ने आधिकारिक सूचना अहिलेसम्म कसैसँग छैन ।”

    गत पुस १० गते दुबईबाट आएको सुनसहितको भेप माघ २९ गते मात्र भन्सारको १११ नम्बर कोठामा थन्क्याइएको देखिन्छ । त्यस्तै बिचको समयमा विमानस्थल भन्सार कार्यालय चुप बसी पछी ०८० वैशाखमा मात्र सुनबारे सीआईबीमा उजुरी भएको देखिनुले विमानस्थल भन्सार कार्यालयमाथी नै शंका गर्ने आधार देखिन्छ ।

    त्यस्तै अनुसन्धानका क्रममा नासु खड्काको निर्देशनमा उनका आफन्तहरू प्रेरणा थापा, गंगा थापा, समरबहादुर थापासमेतका नामको बैंक खातामा थुप्रै पैसा जम्मा भएको पनि देखिन्छ । त्यसमध्ये ३५ लाख उनले कसैले नसोधी जम्मा गरिदिएको भनेर राजस्व दाखिला गराइसकेका थिए । बाँकी ३० लाख मुद्दतीमा राखेकाले निकाल्न नसकेपछि उक्त खाता अहिले रोक्का गरिएको छ ।

    त्यसबाहेक तस्करीमा संलग्न दिनेश बस्नेतसहितको लगानी रहेको डेक्टर टुर्स एन्ड ट्राभल प्रालिको खातामा पनि सोहि मितिमा ८० लाख रकम जम्मा गरेको पाइएको छ । यस्तै, दिनेशका ससुरा नाताका रामकेशव थापाका नाममा भक्तपुरको ठिमी नगरपालिका–१७ मा कित्ता नम्बर ९७३ को जग्गा दुई करोड ९५ लाखमा खरिद गरेको समेत देखिएको छ । रामकेशवको कागजबाट समेत उक्त कुरा पुष्टि भएको भन्दै संगठित अपराध निवारण ऐनअनुसार कारबाही चलाउन सीआईबीले सिफारिस गरेका छ ।

    एता भन्सारका नासु खड्काले भने भन्सार एजेन्ट दिनेशले उक्त सुन ६ करोडमा बिक्री गरेको बताएको बयान दिएका छन् ।
    उक्त प्रकरणमा ०८० वैशाख २६ मा जाहेरी परेपछि सीआईबीले वैशाख ३१ गतेदेखी अनुसन्धान प्रकृयालाई अघि बढाएको थियो । सीआईबीले प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत असार २७ गते मुद्दा दायर गरेको छ ।

  • subhayug
  • इलेक्ट्रिक सिगरेट
  • उपाध्यक्ष
  • कृष्णबादुर महरा
  • नेकपा माअ‍ेवादी केन्द्र
  • भेप
  • राहुल महरा
  • सुन तस्करी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • फिदिममा पत्रकारितामा एआईको प्रयोगबारे तालिम सुरू

  • उडान भरेको केही समयमै एयर इन्डियाको विमान बमको धम्कीपछि आपत्कालीन अवतरण

  • सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट

  • प्रधानमन्त्री मोदी अहमदाबाद दुर्घटना स्थलमा, घाइतेसँग गरे भेटघाट


  • समाचार
  • १

    फिदिममा पत्रकारितामा एआईको प्रयोगबारे तालिम सुरू
    १ दिन अघि

  • २

    उडान भरेको केही समयमै एयर इन्डियाको विमान बमको धम्कीपछि आपत्कालीन अवतरण
    १ दिन अघि

  • ३

    सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट
    १ दिन अघि

  • ४

    प्रधानमन्त्री मोदी अहमदाबाद दुर्घटना स्थलमा, घाइतेसँग गरे भेटघाट
    १ दिन अघि

  • ५

    सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँले बढ्यो : आज कतिमा कारोवार
    १ दिन अघि

  • ६

    इजरायलद्वारा इरानमा हवाई आक्रमण, आपत्कालको घोषणा
    १ दिन अघि

  • ७

    मलेखु–मुग्लिन सडकखण्ड असार ७ सम्म राति बन्द हुने
    १ दिन अघि

  • ८

    बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन
    १ दिन अघि

  • ९

    अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायता सामग्री वितरण कार्यक्रम सम्पन्न
    २ दिन अघि

  • १०

    भारतमा एयर इन्डियाको विमान दुर्घटनाप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    उडान भरेको केही समयमै एयर इन्डियाको विमान बमको धम्कीपछि आपत्कालीन अवतरण

    subhayug
    २

    प्रधानमन्त्री मोदी अहमदाबाद दुर्घटना स्थलमा, घाइतेसँग गरे भेटघाट

    subhayug
    ३

    इजरायलद्वारा इरानमा हवाई आक्रमण, आपत्कालको घोषणा

    subhayug
    ४

    भारतको अहमदाबाद विमानस्थल नजिकै २४२ यात्रु सवार विमान दुर्घटना

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution