काठमाडौं – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका खर्बपति व्यापारी सुहृदराज घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै प्रलोभनमा पारि मुद्दा दर्ता नै नगरेको खुलाशा भएको छ ।
घिमिरेले अख्तियारका तत्कालिन प्रमुख आयुक्त नविन घिमिरेलाई प्रयोग गरि आफूबीरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराउन बिलम्ब गरेको खुलेको हो । घिमिरेले आपूmबीरुद्धको मुद्दा दर्ता रोक्न अख्तियारका तात्कालिन प्रमुख आयुक्त नवीन घिमिरेका प्रेस सल्लाहकार शरद अधिकारीमार्फत् सेटिङ गरेको समेत खुलेको छ । अख्तियार स्रोतका अनुसार घिमिरेसँग अख्तियारका तत्कालिन प्रमुख आयुक्त घिमिरेलाई मिलाइदिन्छु भनेर प्रेस सल्लाहकार अधिकारीले आश्वासन दिएको भन्दै ढुक्क थिए । त्यसपछी उनीबीरुद्ध मात्र नभई लामो समयसम्म ललिता निवास प्रकरणबारे अख्तियारले छानविन नगरी मौन बसेको थियो ।
उनि बीरुद्ध मुद्धा दर्ता दर्ता नगराउन नेकपा एमालेका नेताहरुको पनि दवाव रहेको भन्दै विगतदेखीनै हल्ला चल्दै आएको थियो । सोहि कारणपनि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्न बिलम्ब गरेकोे देखिएको छ । तर केहि महिना यता अख्तियारले पुःन छानविन प्रकृया अघी बढाएपछी भने अहिले उनी तनावमा छन् । उनीबिरुद्ध मुद्दा दायर गर्न चौतर्फी दबाब बढेपछि अख्तियारले पनि यसअघि सुचना प्रकाशित गरेरै घमिरेकी सासु इन्दु शर्मा र घिमिरेका साझेदार पौडेललाई समेत बयानका लागी बोलाएको थियो ।
ललिता निवास जग्गा प्रकरण : बिजनेश पार्टनरलाई प्रयोग गरी सुहृद घिमिरेद्धारा जग्गा लुकाउने प्रयास
व्यापारी घिमिरेले सासुआमा इन्दु शर्माको नाममा १३ रोपनी जग्गा प्रतिआना ५० हजार रुपैयाँका दरले खरिद गरेको अभिलेख सहितको फाईल अख्तियारमा छ । तर सक्कल अभिलेखसहितको फाईल रहँदा रहँदैपनि अख्तियारले भने त्यतिबेला उनिबीरुद्ध मुद्धा दर्ता नगरेको अख्तियार श्रोतको दावी छ । यद्धपी बालुवाटारको जग्गा प्रतिआना ५० हजारमै खरिदबिक्री हुनु शंकास्पद भउको भन्दै अहिले अख्तियारले छानबिन प्रकृयालाई अगाडी बढाएको छ ।
उता अख्तियारले मुद्दा दायर गर्ने तयारी गरेको चर्चा बाहिर ल्याएपछि घिमिरेसहितका ब्यापारीहरु छटपटीँदै आएका छन् । त्यस्तै भाटभटेनि सुपरमार्केटका मालिक मिनबहादुर गुरुङ पक्राउ परेलगत्तै आफूपनि पक्राउ पर्नसक्ने डरले घिमिरे अहिले दुवईतिर भाषिएका छन् ।
गैरकानुनी जग्गा दर्ता गर्न घिमिरेलाई बिष्णु पौडेल र बिजय गच्छदारको साथ
उक्त जग्गा गैरकानुनी रुपमा दर्ता गराउन घिमिरेलाई नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेल र नेपाली कांग्रेसका नेता बिजय गच्छदारले साथ दिएका थिए ।
पूर्व अर्थमन्त्री समेत रहेका एमाले नेता पौडेलले पौडेलले ललिता निवासको जग्गा दर्ता गर्न सहयोग गरेबापत सोहि स्थानको ८ आना जग्गा उपहारस्वरुप लिएका थिए । पौडेलले ८ आना जग्गा घुसबापत छोरा नवीनको नाममा राखेका थिए । तर अख्तियारले छानबिन गरेपछि भने पौडेलले उक्त जग्गा नेपाल सरकारको नाममा फिर्ता गरेको भन्दै छोरालाई मुद्दा दायर गर्नबाट उन्मुक्ति दिलाउन सफल भएका थिए ।
त्यस्तै गैरकानुनी रुपमा जग्गा दर्ता गर्न पूर्वमन्त्री तथा काँग्रेसका नेता बिजय गच्छदारले पनि सहयोग गरेका थिए । सहयोग गरे बापत गच्छदारले भने मोटो रकम असुली गरेका थिए । पौडेल र गच्छदारसंगै ललिता निवासको जग्गा दर्ता गर्नका लागि शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मिनबहादुर गुरुङ लगायतले सेटिङ मिलाएक थिए ।
त्यसो त सुहृद घिमिरे पहिलेदेखी नै विवादित ब्यापारी हुन् । उनको ठमेलस्थित् विवादित छायाँ सेन्टरमा पनि लगानी छ । त्यस्तै उनी र उनका परिवारका नाममा काठमाडौं उपत्यकामा मात्र ५० रोपनीभन्दा बढी जग्गा रहेको छ । जुन जग्गा हदबन्दी भन्दा बढी हो ।
कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष घिमिरे मोटरदेखि निर्माण, हाउजिङ, बैंकिङ र आवास निर्माणसम्मका व्यवसायमा संलग्न रहँदै आएका छन् ।
ललिता निवासमा सुहृद घिमिरेको १३ रोपनी जग्गा : पक्राउ पर्ने डरले दुवई फरार
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar