काठमाडौं – नवनियुक्त कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री थापाले प्रदेश प्रमुख पर्शुराम खापुङबाट बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
बिहान ७ बजे शपथ ग्रहण गर्ने भनिए पनि माओवादीले सरकारमा पठाउने मन्त्रीका बारेमा टुंगो लगाउन नसक्दा शपथ रोकिएको थियो । सरकारमा सहभागी सबै दलबाट एक–एक जना मन्त्रीसहित आफूले पनि शपथ लिने तयारी मुख्यमन्त्री थापाले गरेका थिए ।
तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ जीवन आचार्यका कारण शपथ रोकिएको थियो । सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएर बहुमत जुटाइदिन सहयोग गरेका माओवादीका बाबुराम गौतमलाई मन्त्री बनाउने भने पनि आर्थिक योजना मन्त्री आफू हुनुपर्ने भन्दै आचार्यले विरोध जनाएका थिए । तर अन्ततः उक्त मन्त्रालय गौतमले नै पाएका छन् ।
गौतमलाई नै आर्थिक योजना मन्त्रीमा पठाउने सहमति माओवादीभित्र भएपछि मुख्यमन्त्री थापाले शपथ ग्रहरण गरेका हुन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar