काठमाडौं – नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका नेताहरु उच्च अदालत पाटन पुगेका छन् ।
आफूहरुलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश गलत भएको भन्दै टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, आङटावा शेर्पा, केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु पाटन अदालत पुगेका हुन् ।
उनीहरुले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध केही दिनअघि नै रिट निवेदन दिएको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । उनका अनुसार उनीहरुले रिटमा आफुहरुलाई साधारण तारेखमा रिहा गर्न माग गरेका छन् ।
जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि कारागार पठाएको उनीहरूको दाबी छ । यसअघि काठमाडौं जिल्ला अदालतले १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar